२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलले भने-माधव नेपाललाई एमालेले ढोका खोलेको छैन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका लागि एमालेले ढोका खुला नगरेको बताएका छन् ।

शुक्रबार एकीकृत समाजवादीको जनवर्गीय संगठन समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी लगायतलाई पार्टी प्रवेश गराउँदै उनले माधव नेपाललाई एमालेले ढोका खुला नगरेको बताएका हुन् ।

‘हार्दिकतापूर्वक स्वागत गर्ने हो भने विश्वमणि होइन माधव नेपाल आउनुहुन्छ तर, हामीले माधव नेपालको लागि ढोका खोलेको छैनौँ,’ उनले भने ।

उनले अगाडि थपे, ‘तर उहाँले जुन गल्ती गर्नुभएको छ त्यो गल्तीबापत उहाँलाई स्वागत गर्ने पक्षमा एमाले छैन । त्यसैले उहाँले अरूलाई रोक्न खोज्नुभएको छ ।’ एमालेले सम्मान दियो भने माधव नेपाल एमालेमा तत्काल फर्कने उनको जिकिर छ ।

२० प्रतिशत केन्द्रीय सदस्य र जनप्रतिनिधिले पार्टी फुट्ने अध्यादेश ल्याउँदा पनि एमाले नसिद्धिएको भन्दै महासचिव पोखरेलले भने, ‘अध्यादेशले पार्टी बन्ने र सिद्धिने भन्ने होइन तर, अध्यादेश आयो भने पार्टी सिद्धिन्छ भन्ने त्रासपूर्ण मनोविज्ञानले पार्टी जोगिँदैन ।’

चुनावको घोषणा हुनासाथ नबन्ने पार्टीमा नेताहरू अडिएर बस्न नसक्ने महासचिव पोखरेलको जिकिर छ । ‘पार्टीमा भविष्य छैन भन्ने ठानेपछि नेता कार्यकर्ताले भविष्य खोज्छन्’ उनले भने, ‘इतिहास जहिले पनि शिक्षा र यात्रा लक्ष्यमा आधारित हुन्छ । इतिहासले मात्रै यात्रा अगाडि बढ्दैन ।’

नेता पोखरेलले अगाडि थपे, ‘भविष्यका प्रश्नमा केन्द्रित भएर अगाडि बढ्ने प्रयास गर्नुपर्छ । समाजवादी बिदा हुँदैछ, एमाले जनताको लागि स्वीकार्य हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस