Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गुल्मीमा जिप दुर्घटना, १२ जना घाइते


२९ पुस २०८१, सोमबार


काठमाडौँ । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाको सिमलटारी फूलबारीबाट प्युठान गौमुखीतर्फ जाँदै गरेको ग १ ज ४५३३ नम्बरको जिप गुल्मीको अग्लुङ-प्युठान सीमामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिपमा सवार सबै यात्रु घाइते भएका छन् । मदाने गाउँपालिका वडा नम्बर–१ का अध्यक्ष सुशील चन्द्रका अनुसार घाइतेहरूमध्ये अधिकांशको अग्लुङ स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

घाइते केहीलाई थप उपचारका लागि प्युठानको बिजुवार पठाइएको छ ।

जिप सिमलटारीबाट प्युठानमा आयोजना गरिएको गौमुखी मेला हेर्न जाने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस