Logo २८ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महानगरद्वारा काठमाडौँ भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय रहेको जानकारी


२८ पुस २०८१, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरको वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावरको भवनको नक्सा निष्क्रिय रहेको जनाएको छ ।

महानगरले आइतबार एक सूचना जारी गर्दै उक्त भवनको नक्सा पासबारे छानबिन समिति गठन भइरहेको कार्य भइरहेको र समितिबाट प्रतिवेदन प्राप्त भएर कार्यालयबाट निर्णय नहुँदासम्मका लागि नक्सा पास निष्क्रिय रहेको जानकारी गराएको हो ।

काठमाडौँ महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लि. बीच २०७१ फागुन २२ मा काठमाडौँ भ्यूटावर निर्माणका लागि सम्झौता भएको भएको थियो । महानगर प्रमुख बालेन साहले नक्सा पास प्रक्रियामा नियमविपरित कार्य गरेको भन्दै प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निलम्बित गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस