२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारवादी मुद्दा टुंग्याउन ढिलाइ छैन : महान्यायाधिवक्ता बडाल

अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालत बाहेक अन्य अदालतमा सरकारवादी मुद्दाको फर्छ्यौटमा ढिलाइ नभएको दाबी गरेका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महान्यायाधिवक्ताले देशभरका अदालतमा सरकारवादी मुद्दा १८ महिनाभन्दा अगाडि नै टुंगिने गरेको जानकारी दिए। उनले अपराधसम्बन्धी मुद्दा अन्य मुद्दाभन्दा छिटो न्याय निरूपण हुने गरेको उल्लेख गरे।

महान्यायाधिवक्ताका अनुसार, काठमाडौँ जिल्ला अदालतमा दुई वर्ष नाघेका सरकारवादी मुद्दा करिब ७०० मात्र छन्। देशभरका जिल्ला र उच्च अदालतमा सरकारवादी मुद्दा टुंग्याउन ढिलाइ नभए पनि सर्वोच्च अदालतमा भने समस्या रहेको उनले बताए। उनले सर्वोच्च अदालतमा दुई वर्षसम्म पनि फर्छ्यौट नभएका सरकारवादी मुद्दाको संख्या ३,६३९ रहेको तथ्यांक प्रस्तुत गरे।

उनले भने, ‘सर्वोच्च अदालतबाहेक देशभरका अन्य अदालतमा १८ महिनाभन्दा कम समयमा मुद्दा फर्छ्यौट हुने गरेका छन्। क्रिमिनल केसहरू धेरैजसो टुंगिएका छन्। काठमाडौँ जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दा ७०० हाराहारीमा छन्, जब कि त्यहाँ १० हजार भन्दा बढी मुद्दा पेन्डिङ छन्। सर्वोच्चमा भने मुद्दा समाधानमा केही ढिलासुस्ती हुने अवस्था छ।’

महान्यायाधिवक्ताको कार्यालयले यस आर्थिक वर्षमा नेपाल सरकारको तर्फबाट ४४,८११ मुद्दा दर्ता गरेको र तिनमा ६९,६३५ प्रतिवादी रहेको उल्लेख गरेको छ। विगत पाँच वर्षमा सरकारी वकिलले प्रतिनिधित्व र प्रतिरक्षा गरेका मुद्दामा ३८.३८ प्रतिशतले वृद्धि भएको तथ्यांक पनि सार्वजनिक गरियो।

सर्वोच्च अदालतमा १४,७१० मुद्दामध्ये ३,७०० फर्छ्यौट भएको र त्यसमा सरकारी पक्षको सफलता ३६.८४ प्रतिशत रहेको जानकारी दिइयो। समग्रमा सरकारवादी मुद्दामा ६८.२७ प्रतिशत सफलता प्राप्त भएको जनाइएको छ।

महान्यायाधिवक्ताले जनशक्तिको अभावले कार्यसम्पादनमा असर परेको बताउँदै सर्वोच्च अदालतमा ढिलासुस्तीको समस्या समाधानका लागि प्रयासरत रहेको बताए।