Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्रीले खानेपानी मन्त्री यादवलाई भने-‘खानेपानी शुद्ध, सुलभ र सहज बनाउनुहोस्, काममा गति दिनुस्’


२६ पुस २०८१, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई शुद्ध, सुलभ र सहज खानेपानीको पहुँच सुनिश्चित गर्न प्रभावकारी पहल गर्न निर्देशन दिएका छन्। शुक्रवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा प्रधानमन्त्रीले खानेपानी मन्त्रालयका हालका गतिविधि, प्रगति र भावी योजनाबारे जानकारी लिएका थिए।

बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘जनताले शुद्ध, सुलभ र सहज रूपमा खानेपानी पाउनुपर्छ। यो सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायहरूसँग समन्वय गरेर कामलाई गति दिनुपर्छ।’ उनले मन्त्रालयलाई जनताको आधारभूत आवश्यकता पूरा गर्न अझ प्रभावकारी र दिगो ढंगले अघि बढ्न भनेका थिए । 

बैठकमा खानेपानी मन्त्री प्रदीप यादव र सचिव प्रमीलादेवी बज्राचार्यले मन्त्रालयको हालसम्मको प्रगति, चुनौती र योजनाहरूको विवरण प्रस्तुत गरेका थिए। यस क्रममा मेलम्ची खानेपानी आयोजनाको वर्तमान स्थिति, प्रगतिहरू र आयोजना कार्यान्वयन निर्देशनालय ९पीआईडी०मार्फत भइरहेको अन्य परियोजनाहरूको अवस्था विवरण गरिएको थियो।

मन्त्रालयले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोतहरूमा परेको प्रभावलाई सम्बोधन गर्न वातावरणमैत्री र दिगो योजना निर्माणमा ध्यान केन्द्रित गरेको जानकारी गराएको छ। मन्त्रालयले यस्ता योजनाहरू कार्यान्वयन गर्न आवश्यक बजेट सुनिश्चित गर्न सरकारसँग माग राखेको छ।

मन्त्री यादवले बैठकमा ग्रामीण र सहरी क्षेत्रका खानेपानी योजनाहरूलाई तीव्रता दिइएको र सन् २०३० सम्म सम्पूर्ण नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित काम भइरहेको जानकारी गराए। उनले दिगो खानेपानी व्यवस्थापनका लागि वर्तमान योजनाहरूलाई प्रभावकारी बनाउँदै नयाँ सम्भावनाहरू खोज्ने प्रतिबद्धता पनि व्यक्त गरे।

यो छलफलले खानेपानी क्षेत्रमा भएका प्रमुख अवरोध हटाउन र योजना समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको सक्रिय चासो देखाएको छ। प्रधानमन्त्रीले मन्त्रालयहरूलाई योजनाहरूमा ढिलाइ नगरी प्रभावकारी कार्यसम्पादन गर्न जोड दिएका छन्।

पछिल्लो समय प्रधानमन्त्रीको गति र प्राथमिकताअनुसार मन्त्रालयहरूले काम नगर्दा सरकारको समग्र प्रदर्शनमा कमी आएको निष्कर्षमा समेत छलफलमा ध्यानाकर्षण गराइएको थियो। जनताको आवश्यकता र अपेक्षाहरू पूरा गर्न खानेपानी मन्त्रालयले तीव्र गतिमा अघि बढ्नुपर्ने सरकारको धारणा स्पष्ट छ तर मन्त्री यादवले निर्देशन मात्रै दिँदै हिँड्छन् कि काम पनि गर्छन् त्यो भने हेर्न बाँकी नै छ । 

प्रतिक्रिया दिनुहोस