Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति


२६ पुस २०८१, शुक्रबार


काठमाडौँ । सूचना तथा प्रसारण विभागले पत्रकारितामा अध्ययनरत ११ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

विभागको कार्यालयमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हो । सचिव अर्यालले मर्यादित र वास्तविक पत्रकारिता गर्न विद्यार्थीहरूलाई सुझाव दिइन् ।

पछिल्लो समय समाचार पहिचान गर्नै नसकिने अवस्था आएको बताउँदै सचिव अर्यालले दक्ष पत्रकारको अभाव खड्किँदै गएको बताइन् । विभागका महानिर्देशक प्रदीप परियारका अनुसार छात्रवृत्ति स्वरूप जनही रु २५र२५ हजार प्रदान गरिएको छ । गत वर्ष रोकिएको छात्रवृत्तिलाई पुनः निरन्तरता दिएको महानिर्देशक परियारले जानकारी दिए । अनलाइन फाराममार्फत विद्यार्थीको समावेशिता, अवस्था र आवश्यकता ख्याल गरेर छात्रवृत्ति वितरण गरिएको उनको भनाइ छ ।

उनका अनुसार कक्षा १२ र स्नातक तहमा अध्ययनरत ३२ विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिएका थिए । मधेसी र मुस्लिम समुदायका विद्यार्थीको आवेदन नपरेको उनले बताए । यो वर्ष छात्रवृत्ति पाउनेमा लक्ष्मी तामाङ, रुपेश थापा, शशाङ्क कोइराला, प्रकाश कपाली, मञ्जुली कोजु, आर्जु सत्याल, स्वस्तिका तिमल्सिना, तेन्जिङ डोल्सा तामाङ, सुमन मचामसी, अमिता परियार र नवराज सोती छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस