काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकाका ४६ जना नेता-कार्यकर्ताले नेकपा (एमाले) परित्याग गरेका छन् । उनीहरूले सोमबार एमाले छाडेको घोषणा गरेका हुन् ।
एमाले परित्याग गर्नेहरू नेकपा विघटनपछि एमालेमा लागेका नेता-कार्यकर्ता रहेको पाइएको छ ।
एमाले भएर बस्दा आफूहरूले पटक-पटक पूर्वमाओवादीको रूपमा अपमानित हुनुपरेको उनीहरूको गुनासो छ ।
उनीहरूले एमालेका गोदावरी नगर अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् ।
महासचिव शंकर पोखरेल र अन्य केही नेताले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब एमालेभित्र आफूहरूले बसिरहन आवश्यक नठानेको उनीहरूको भनाइ छ ।