२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखादेखि काठमाडौँसम्म पदयात्रा गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै सेना

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले गोरखादेखि काठमाडौँसम्म पदयात्रा गरेर ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।

‘गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा कार्यक्रम-२०८१’ अन्तर्गत सेनाले धादिङ, नुवाकोट हुँदै पुस २७ गते हनुमान ढोका पुगेर जंगी अड्डामा कार्यक्रम सम्पन्न गर्ने छ । त्यसका लागि सेनाले आइतबारदेखि गोरखा दरबारबाट पदयात्रा सुरु गरेको छ ।

पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ (पाँच) कम्पनीहरू (श्रीनाथ, कालीवक्स, वर्दवाणी, पुरानो गोरख तथा सवुज) को झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोसाक तथा परम्परागत बाजा गाजासहितको टोली सहभागी रहेको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पौष २७ गते जंगी अड्डास्थित सभा मण्डपमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको देन सम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शन, कविता प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना हुने सेनाले जनाएको छ ।

त्यस्तै, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाईहरूमा विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस