काठमाडौँ। डोटीको सायल गाउँपालिका-६, दल्लेख निवासी शान्ति नेपालीको शनिबार साँझ ४ बजेतिर शंकास्पद मृत्यु भएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
अन्दाजी २२-२३ वर्षीया मृतक शान्ति नेपालीका माइती के.आई. सिंह गाउँपालिका-४ निवासी उनका काका लाले नेपालीले प्रहरी चौकी वायलमा जानकारी गराएपछि घटनाको छानबिनका लागि प्रहरी सक्रिय भएको हो। यसैक्रममा मृतकका श्रीमान् भीम नेपालीलाई प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए।
घटनास्थलमा डीएसपी भट्टराईको नेतृत्वमा टोली खटाइएको छ। साथै, मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको जनाइएको छ। प्रहरीले घटनाको प्रकृति, कारण र सत्यतथ्य पत्ता लगाउन अनुसन्धानलाई तीव्र बनाएको छ।







