२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल उद्घोषण तथा क्षमता विकास पुस्तक सार्वजनिक

अ+ अ-

काठमाडौँ । प्रशिक्षक तथा लेखक शंकरकुमार प्रधानद्वारा लिखित ‘बाल उद्घोषण तथा क्षमता विकास’ पुस्तकको आज विमोचन गरिएको छ । संस्कार पब्लिकेसनबाट प्रकाशित उक्त पुस्तक वरिष्ठ बाल साहित्यकार डा. छायादत्त न्यौपाने, साहित्यकारद्वय महेश पौडेल र देवराज सिम्खडा, लेखककी आमा सन्तकुमारी श्रेष्ठ र छोरी सवानी प्रधानले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा डा. न्यौपानेले पुस्तकले बालबालिकालाई बोल्न र कार्यक्रम सञ्चालन गर्न मात्र सक्षम नबनाई सर्वांगिण विकासमा समेत टेवा पुर्‍याउने हुँदा निकै पठनीय, मननीय र सङ्ग्रहणीय रहेको धारणा व्यक्त गरे । बाल साहित्यकार महेश पौडेलले उक्त पुस्तक बालबालिकाको लागि मात्र नभई अभिभावक, शिक्षक वर्गसहित सबैको लागि उपयोगी रहेको धारणा राखे ।

पुस्तकका लेखक प्रधानले मोबाइलको लतमा बालबालिकालाई त्यसबाट हटाउनका लागि अभिभावक आफैँले पुस्तक अध्ययन गर्ने बानीको विकास गर्नुपर्ने धारणासमेत व्यक्त गरे । बालबालिका भनेका देशका कर्णधार र सुन्दर समाज निर्माणका आधारशीला हुन् भन्ने मर्मलाई आत्मसाथ गर्दै यो पुस्तकले धेरैभन्दा धेरै बालबालिकाको जीवन सुन्दर बनाउने काममा योगदान गर्ने उनले विश्वास व्यक्त गरे ।

पब्लिकेसनकी अध्यक्ष सपना श्रेष्ठले संस्कार पब्लिकेसनलेस्तरीय पुस्तक प्रकाशन गरी समाजलाई गतिशील बनाउने काममा लागेको बताइन्। कक्षा ८ मा अध्ययनरत छात्रा सुहाना श्रेष्ठले पुस्तक समीक्षा गर्दै हामीजस्ता बालबालिकाको क्षमता विकास, बोल्ने कलाको विकास, व्यवहार गर्ने कलाको विकास, अन्य व्यक्ति व्यक्तित्वसँग गर्ने व्यवहारमा ल्याउनुपर्ने मिठाशताको बारेमा यो पुस्तक गतिलो खुराकको रूपमा आएको बताइन् । लेखकका छोरा वर्ष १२ का समीप प्रधानले सञ्चालन गरेको कार्यक्रममा पब्लिकेसनका उपाध्यक्ष शरद श्रेष्ठले नेपाली समाजमा पठन संस्कृतिको महत्वको बारेमा बोलेकी थिए ।

लामो समयदेखि भाषण, उद्घोषण तथा व्यक्तित्व विकास क्षेत्रमा क्रियाशील लेखकका योसमेत तीन वटा कृति प्रकाशनमा आइसकेको छ ।