काठमाडौँ । प्रतिनिधि सभाको पूर्वाधार विकास समिति ऊर्जा तथा पूर्वाधारसँग सम्बन्धित विषयमा अध्ययन गर्नका लागि दुई उपसमिति गठन गरेको छ । समितिको बुधबार बसेको बैठकले समितिका सदस्य एवं दुई जना पूर्वमन्त्री संयोजकत्वमा उपसमिति गठन गरेको हो ।
जसमा बिद्युत् प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा मुआब्जा विषयमा अध्ययन गर्नका लागि नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरेको हो भने नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष समेत रहेका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको नेतृत्वमा पूर्वाधार क्षेत्रको अध्ययन गर्नका लागि उपसमिति गठन गरिएको हो ।
उर्जासँग सम्बन्धित उपसमितिले सदस्य आवश्यकताका आधारमा सबै दलको प्रतिनिधित्व रहने गरी संयोजकले समन्वय गरेर राख्ने समितिका सभापति दिपक सिंहले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार पूर्वाधार उपसमितिको सदस्यमा भने नेपाली काँग्रेसबाट शंकर भण्डारी, नेकपा ९माओवादी केन्द्र०बाट माधव सापकोटा, नेकपा (एमाले)बाट महेश बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निशा डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट बिना लामा उपसमितिका सदस्य रहेका छन् ।
पूर्वाधार उपसमितिले सडक, यातायात, भौतिक पूर्वाधार लगायतका विषयमा अध्ययन गरेर प्रतिवेदन पेश गर्न उपसमितिका संयोजक प्रकाश ज्वालाले नेपाल प्रेसलाई जानकारी दिए ।







