२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को सचिवालयले भन्यो-शेरा दरबारको जग्गाबारे आधारहीन कपोलकल्पित कुप्रचार बन्द गरियोस्

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले शेरा दरबार जग्गा प्रकरणमा पार्टी र पार्टी नेतृत्वलाई जोडेकोप्रति आपत्ति जनाएको छ ।

‘प्रचण्ड’की स्वकीय सचिव गंगा दाहालले विभिन्न काल्पनिक र भ्रामक विषयहरू राखेर विनाकुनै प्रमाण र तथ्यविना दिवंगत भइसकेका व्यक्तिमाथि गरिएको कुप्रचार बन्द गर्न माग गरेकी हुन् ।

उनले भनेकी छन्, ‘शेरा दरबार प्रकरणलाई माओवादी केन्द्रसँग जोड्नु भ्रामक मात्र नभएर बदनियत पूर्णसमेत छ । उक्त प्रकरणका अभियुक्तहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न पार्टीले सरकारसँग मागसमेत गरिसकेको छ । अभियुक्त जुनसुकै आस्था, दल वा समुदायको होस्, पूर्वाग्रह नराखी अनुसन्धान र कारबाही गर्नुपर्छ भन्नेमा हामी दृढ र स्पष्ट छौँ ।’

भ्रष्टाचार र अनियमिततामा जोसुकै जोडिए पनि निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्छ भन्ने अठोटका साथ नै पार्टीले सुशासनको मुद्दालाई प्राथमिकता दिएको उनले उल्लेख गरेकी छन् ।

उनले कुनै आधार र प्रमाणविनाको कपोलकल्पित कुप्रचार बन्द गर्नसमेत माग गरेकी छन् ।