२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेर गएको पातपतिंगरबाट जैविक मल उत्पादन

अ+ अ-

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ । वनमा खेर गएको पातपतिंगरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । ‘विनयी जैविक मल उत्पादन उद्योग’ सञ्चालन गरी स्याउला, घाँसपातको प्रयोगबाट जैविक मल उत्पादन सुरु गरिएको उनको भनाइ छ ।

“विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीवासमा रहेको विनयी सामुदायिक वन उपभोक्ता समूहमा स्थापना गरिएको उद्योगमा अहिले जैविक मल तयार गरी बिक्री सुरु भएको छ”, उनले भने ,“यस वर्ष एक सय २५ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको छ ।”

केही वर्ष अघिसम्म सामुदायिक वनले जैविक मल उत्पादन गर्दै आएकोमा गत वर्षदेखि गाउँपालिकाले स्वामित्व लिँदै उद्योगका रूपमा काम अगाडि बढाएको हो । विज्ञहरूको सहयोगमा माटो र मलको गुणस्तरसम्बन्धी अनुसन्धान सम्पन्न गरी गुणस्तरीय मल उत्पादन सुनिश्चित गरिएको गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिए । वनजन्य झाडी तथा हिउँदमा डढेलो निम्त्याउने तत्वलाई नियन्त्रण गर्न जैविक मलको उत्पादन प्रभावकारी हुने उनले बताए । 

“गाउँपालिकाभित्र ४१ वटा सामुदायिक वन, दुई वटा धार्मिक वन र दुई वटा मध्यवर्ती वन छन्, यी सबै वनलाई जैविक मल उत्पादन उद्योगसँग जोड्दै लैजाने प्रक्रियामा रहेका छौ”, उनले भने, “यो योजनाले रासायनिक मललाई विस्थापित गर्दै जैविक मललाई प्राथमिकता दिने, स्थानीय जनताको आयआर्जनको स्रोत विस्तार गर्ने र वातावरण संरक्षणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।”

वन जंगलबाट संकलन गरिएको स्याउला तथा घाँस पात जम्मा गरे पछि जैविक मल उत्पादन गर्न ९० दिन लाग्छ । उत्पादन प्रक्रिया पूर्ण रूपमा व्यवस्थित र पर्यावरणमैत्री रहेको अध्यक्ष गिरीले बताए । वनमा स्याउला तथा घाँस संकलन गर्न विनयी सामुदायिक वनका ८० जना उपभोक्ताहरू अहिले काममा जुटेका छन् । 

“अहिले एउटा वनबाट मात्रै ८० जना उपभोक्ताले प्रत्यक्ष रोजगारी पाएका छन्”, उनले भने, “पालिकाभित्रका ४१ वटा सामुदायिक वनबाट वायोमास संकलन सुरु गर्दा पाँच हजारले प्रत्यक्ष रोजगारी पाउने छन् ।”

जंगलमा रहेको स्याउला, घाँसपात संकलनका लागि ८० जना उपभोक्ताहरू दैनिक रूपमा काममा आउने गरेको विनयी सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष बालु पुरीले बताइन् । जैविक मल उत्पादनका लागि एनसाव नेपाल र एफएयुले तालिम तथा अन्य प्राविधिक सहयोग गरेका छन् । उपभोक्ताले संकलन गरेको हरियो स्याउलालाई प्रतिकिलो रु. दुईले खरिद गरिने उनले जानकारी दिइन् ।

उद्योगबाट उत्पादन भएको मल गाउँपालिकाभित्र प्रतिकेजी रु. २० र बाहिर प्रतिकेजी रु. २५ का दरले बिक्री सुरु गरिएको छ ।