२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुम्सा खोला खानेपानी आयोजना चाँडै निर्माण गर्न खानेपानी मन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

मंगलबार झुम्सा खोला खानेपानी आयोजनाको बाध स्थलको प्राविधिक टोलीसहित स्थलगत निरीक्षण गर्न पुगेका मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री यादवले भने, ‘झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गरी यहाँका नागरिकहरूलाई शुद्ध अनि सफा पानी खुवाउने सरकारको लक्ष छ । सोही अनुसार काम भइरहेको छ । बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ। आयोजनाको काम यथाशीघ्र सक्न निर्देश गर्दछु। ‘

मन्त्री यादवले आज यहाँका सरोकारवालासँग पनि छलफल गरेका थिए । उनले खानेपानी सम्बन्धी नागरिकका समस्या समाधानका लागि आफू हर समय प्रतिबद्ध एवं कटिबद्ध रहेको समेत विश्वास दिलाए ।

उनले भने, ‘मैले नागरिकका समस्यालाई समाधानका लागि रातदिन खट्न तयार रहनुपर्छ। म खानेपानीको उपलब्धतालाई सहज बनाउने कोसिसमा लागिरहेको छु।’

झम्सा परियोजना पूरा भएमा बुटवल उपमहानगरपालिकाका सबै वडामा २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध हुने मन्त्री यादवले दाबी गरे ।

बुटवलमा दैनिक तीन करोड लिटर खानेपानीको माग रहेपनि अहिले जम्मा दुई करोड २५ लाख लिटर पानी वितरण हुँदै आएको छ ।

करिब ६ अर्बको लगानीमा झुम्सा खानेपानी आयोजना सुरु भएको झण्डै तीन दशक पुग्न लागेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस