Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मान्छे ?


१६ पुस २०८१, मंगलबार


के तपाई मलाई मान्छे ठान्नुहुन्छ महाशय ?
म तपाईँबाट त्यो अनुभूति गर्न सकिरहेको छैन
र तपाईँलाई पनि मेरो मनले त्यसो मान्न तयार छैन
कि हामी मान्छे नै होइनौ ?
अर्थात् कि तपाई मान्छे होइन
अर्थात् कि म मान्छे होइन ?
हामी दुवै जना किमार्थ मान्छे हुनै सक्दैनौ
मान्छे हुनुको तात्पर्य खै
कहाँ छ त महाशय ?
म मा पनि तपाई सायद देख्नु हुन्न कि ?
करुणा प्रेम सहअस्तित्व र सद्भाव अनि
बसुधैव कुटुम्वकम कता फाल्नु भयो ?
केही जो, छैनन् त तपाईँमा,
कस्तो रित्तो खाली खाली
अहंकारको ठूलो घडा जस्तै देखिनुहुन्छ तपाई
कहिल्यै आफूलाई हेर्नु भएको छ?
अनि म कस्तो देखिएको छु महाशय ?
निरीह, निम्सरो अनि दिनहीन जस्तै होइन
सायद प्रयोजनहीन र निरर्थक ।
अर्थात् तपाई आफूमा कति जति मान्छे भेट्नु हुन्छ?
मान्छे हुनुका यति विघ्न नियमहरू मिचेर
कसरी मान्छे हुन सकिएला र महाशय ?
मान्छे बन्ने समयमा किन मासेको मान्छेपन
र रित्याएको आफूलाई
सर्वजन हिताय; छाडेर
त्यहीँ पुगेपछि के भयो महाशय र
सकियो तपाई भित्रको मान्छे?,
एकाएक कसरी नासियो
छारो मात्रै उडेको देखिन्छ त महाशय?
र कति प्रिय भयो “म” श्रेष्ठता, द्रव्य र उचाइ
कुनै दिन झर्नुपर्दैन र तल ?
आखिर यति नै हो र त्यहाँ पुग्नुको मर्म
जीवनको अर्थ अनि
मान्छे हुनुको पूर्णता ?
तपाई पुगेको ठाउँ स्व-सेवाका लागि होइन नि महाशय ?
मातृभूमिको सेवाका लागि
सत्य, निष्ठा र ईमान्दारीका लागि
अनि आम भुईँ मान्छेहरूको लागि होइन र ?
भो अव पुग्यो
कति सङ्ग्रह गर्नुहुन्छ त्यो द्रव्य कसिङ्गर?
र अव फेरी मान्छे बन्न शुरु गर्नुस् महाशय !
उत्खनन गर्नुस् पुरानो तपाई भित्रको मान्छे
खोज्नुस्
श्रम, सिर्जना र स्वाभिमान भएको मान्छे
सदाचार र राष्ट्र प्रेमले लतपतिएको
आम मानिसहरूको मान्छे
विकृति विरुद्धको बुलन्द आवाज
अझै खोज्नुस् महाशय
नैतिकता र सरलता भएको मान्छे
अन्वेषण गर्नुहोस्
कतै भेटी हाल्नु हुन्छ की ?
र छाड्नुस् फगत यी भ्रमहरू
क्षणभङ्गुर आलापहरू
ब्युँझनुस् तर फेरी
म सँग किन आगो भएको ?
र खरानी बनाएको आफैलाई ?
के फेरी तिमी मान्छे बन्न सकौला ?
के फेरी हामी मान्छे बन्न सकौला ?
मान्छे बन्ने अनन्त शुभकामना महाशय !

Tags :
प्रतिक्रिया दिनुहोस