काठमाडौँ । सरकारले कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा कास्कीका श्रीराम सुवेदीलाई मनोनयन गरेको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विकास समितिको अध्यक्षमा सुवेदीको मनोनयन गर्ने निर्णय गरेको हो ।
यस्तै सरकारले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको लागि नेपाल राष्ट्र बैंक, सवारी साधन बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेस्टमेन्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने निर्णय पनि गरेको छ ।