काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा धादिङ रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगी, वडा अध्यक्ष प्रशान्त तामाङ र उपभोक्ता समितिका अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
गाउँपालिकाको वडा नं. ४ बोराङ स्थित पागोमा देखि स्कूलसम्म शाखा सडक निर्माणमा अनियमितता गरेको अख्तियारको दाबी छ ।
अख्तियारको प्रवक्ता नरहरि घिमिरेका अनुसार लागत अनुमान बमोजिम कार्य नभई कम काम भए गरेको कामलाई बढी गरेको देखाई प्राविधिक मूल्यांकन सहितको नापी किताब तयार एवं कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानी सम्बन्ध टिप्पणी र आदेशलाई सदर गरी रु. १० लाख ८९ हजार ९ सय ८९.५८ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको देखिएको छ ।