काठमाडौँ। काठमाडौँ महानगरपालिकाले थप एउटा स्वास्थ्य संस्थालाई जरिवाना गराएको छ । महानगरको एक नम्बर वडामा रहेको आवरण स्किन क्लिनिकलाई अस्पतालजन्य फोहोर जथाभाबी फालेको भन्दै ५० हजार जरिबाना गरेको हो ।
आजै काठमाडौँ महानगरपालिकाले ३ नम्बर वडाको धुम्वराहि क्षेत्रमा रहेको एसियन रेज मेडिकेयर सेन्टरले अस्पतालजन्य फोहोर फ्याकेको भन्दै ५० हजार कारबाही गरेको थियो ।
पछिल्लो समय काठमाडौँ महानगरपालिकाले जथाभाबी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकका भित्ता तथा, पोलमा पोष्टर टाँस्ने, निर्माण सामाग्री जनभावी राख्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने आक्रामक नीति लिएको छ ।