२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली आक्रमणविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाउन माओवादीको सर्कुलर

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्यालेस्टाइनमाथि इजरायली आक्रमणविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाउन पार्टी मातहतका कमिटीलाई सर्कुलर गरेको छ ।

गत २८ मंसिरमा बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार पार्टीको मातहतको कमिटीमा पठाइएको सर्कुलरमा यो विषय छ ।

‘सर्कुलरमा भनिएको छ, ‘प्यालेस्टाइनमाथि इजरायली जनसंहारविरुद्ध संयुक्त हस्ताक्षर अभियानलाई देशव्यापी सञ्चलन गर्ने ।’

प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमणविरुद्ध नेपालका विभिन्न वामपन्थी दल तथा नागरिक समाजका तर्फबाट हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ ।

गत २४ मंसिरमा काठमाडौँको रत्नपार्किस्थित शान्तिबाटिकाबाट थालिएको अभियानको उद्घाटन कार्यक्रममा पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका थिए ।

मानवताविरुद्धको अपराध तत्काल रोक्न दबाब दिने उद्देश्यले सुरु भएको संयुक्त हस्ताक्षर अभियानलाई देशव्यापी बनाउने नीति अनुसार सर्कुलर जारी भएको माओवादी नेताहरू बताउँछन् ।

२४ मंसिरदेखि एक महिनासम्म चल्ने हस्ताक्षर अभियानको संयोजक नागरिक अगुवा संयोजक श्याम श्रेष्ठ छन् ।

यो अभियानलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनता सामाजवादी पार्टी नेपाल, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायतको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस