२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वायु प्रदूषण न्यूनीकरण र नियन्त्रण गर्नुपर्नेमा वन मन्त्री शाहीको जोड

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई ठूलो प्रभाव पार्ने भएकाले यसको न्यूनीकरण र नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । 

राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज आयोजित वातावरणीय मानव अधिकार रक्षकको दोस्रो सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण बढ्दै गएको वायु प्रदूषण तथा त्यसको स्रोत पहिचान गरी कार्बन उत्सर्जनमा कमी ल्याउनका लागि थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

वायु प्रदूषणले समुदायमा परेको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताउँदै मन्त्री शाहीले यसलाई न्यूनीकरण गर्न हरियाली विकास, विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्नुपर्नेमा जोड दिए । वन र वातावरणलाई जनताको आयस्तरमा जोडेर मुलुकमा समृद्धि कायम गर्न सकिने उनले भनाइ थियो ।

न्यायाधीश सपना मल्ल प्रधानले स्वच्छ वातावरणको अधिकारलाई मौलिक हकमा व्यवस्था गरिएकाले वातावरणीय न्यायका लागि कार्य गर्नुपर्ने बताए । वातावरणविद् भूषण तुलाधरले पछिल्लो समय बढ्दै गएको वायु प्रदूषण तथा त्यसले समाजमा पारेका असरबारे जानकारी गराए । 

मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वायु प्रदूषणका नीतिगत सुधारको आवश्यक रहेको बताउँदै विकास र वातावरण नागरिकको हितमा हुने गरी सन्तुलित रूपमा लैजानुपर्ने बताए । उक्त कार्यक्रममा वन तथा वातावरण संरक्षण क्षेत्रका विज्ञ, सरसफाइ क्षेत्रका कर्मचारी, अधिकारकर्मी वातावरणीय पीडित लगायतको सहभागिता थियो ।