काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिईएको छ ।
दाहालले अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको अध्यक्षका रूपमा काम गर्नेछन् ।
अर्थ मन्त्रालयका अनुसार बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका सहसचिव दाहाल बीमा प्राधिकरण अध्यक्षका रूपमा कामकाज गर्ने गरी तोकिएका हुन् ।







