काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ रहेको छ । प्याज ९४ रुपैयाँ, मटरकोशा १४५ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला २७.६७ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली ५५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ५५ रुपैयाँ, घिरौँला ८५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।


