Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गृहमन्त्री लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गर्ने पक्राउ


२० मंसिर २०८१, बिहिबार


काठमाडौँ । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गरेको आरोपमा नक्कली ‘पिए’लाई आज प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्री रमेश लेखकको पिए हुँ भन्दै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका-७ का २६ वर्षीय करनसिंह विष्टलाई प्रहरीले काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

गृहमन्त्री लेखकको सचिवालयले नक्कली पिएको विषय सचिवालयमा आएपछि विष्टको बारेमा जानकारी लिइरहेको थियो । सचिवालयकै आग्रहमा उनलाई पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले विभिन्न क्षेत्रमा पिए/सल्लाहकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरूबाट सर्तक रहन समेत आग्रह गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस