२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका तीन निर्णय 

अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको छ । बैठकले यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । यो निर्णय अनुसार अब कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार हुने छ ।

बैठकले पटके जाँचपासदेखि राजश्व संकलनका लागि कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी बताए ।

बैठकले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत रहेको यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगत स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन दोस्रो संशोधन कार्यविधि २०८१ स्वीकृत गरेको छ ।

संशोधित कार्यविधि अनुसार अब अवधि पुगेका र सम्पन्न भएका स्मार्ट कृषि गाउँको संरक्षण, संवर्द्धन र विकासका लागि स्थानीय सरकारको जिम्मेवारी भित्र पर्ने छ । प्रदेश, स्थानीय सरकार र किसानहरूको साझेदारीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको थियो ।

यस्तै सामाजिक विकास मन्त्रालय अन्तरगत बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय गाभिएको थियो भने सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलकुदको जिम्मेवारी छुट्टै युवा तथा खेलकुद मन्त्रालय बनाइएको थियो । जसले गर्दा मन्त्रिपरिषद् बैठकले बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस