२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगनले एमालेसँग ‘बार्गेनिङ पावर’ बढाउन ‘प्रचण्ड’ले प्रधानमन्त्री अफर गरे भन्दैछन् : वर्षमान पुन

अ+ अ-

रोल्पा । नेकपा माओवादीका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरबहादुर देउवालाई प्रधानमन्त्री अफर गरेको भन्ने काँग्रेस महामन्त्री गगन थापाको भनाइप्रति आपत्ति जनाएका छन् ।

गृहजिल्ला रोल्पामा शुक्रबार आयोजित शहीद प्रतिष्ठानको प्रथम साधारण सभालाई सम्बोधन गर्दै पुनले भ्रमपूर्ण प्रचार नगर्न थापालाई चेतावनी दिए । उनले आफूहरूको प्राथमिकता सरकार नभएको भन्दै मुलुक र जनताको हितमा राम्रो काम गरेर देखाउन काँग्रेस-एमाले गठबन्धनलाई आग्रह गरे ।

काँग्रेस र एमाले दुवै दलका नेताले एकअर्कासँग धेरै दिन सहकार्य गर्न सकिन्छ भन्ने विश्वास नभएपछि आफ्नो दललाई देखाएर ‘बार्गेनिङ पावर’ बढाउन खोजेको उनको भनाइ थियो ।

‘हाम्रो अध्यक्ष ‘प्रचण्ड’ले कहिले र कोमार्फत देउवाजीलाई प्रधानमन्त्री अफर गर्नुभयो त्यसको पुष्टि गर्न गगन थापाजीलाई मेरो चुनौती छ’, पुनले भने, ‘आफूहरूको गठबन्धन लामो समय नजाने देखेपछि काँग्रेस-एमाले दुवैले हामीलाई देखाएर बार्गेनिङ पावर बढाउन खोजिरहेका छन् । गगनजीले केपी ओलीसँग बार्गेनिङ पावर बढाउन हुँदै नभएको हास्यास्पद दाबी गर्नुभएको छ ।’

आफूहरू कम्तिमा प्रतिनिधि सभाको यो कार्यकालभरि प्रतिपक्षमा बसेर काँग्रेस-एमाले सरकारको बेथिति, भ्रष्टाचार र कुशासनविरुद्ध जनतालाई सचेत र जागरूक बनाउने काममा लाग्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस