२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्लिम समुदायको उत्थानका लागि विशेष पहल आवश्यक

अ+ अ-

नेपाल एउटा बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश हो । यस विविधतामा मुस्लिम समुदायको पनि महत्वपूर्ण स्थान छ । संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरे पनि मुस्लिम समुदायले दशकौंदेखि शिक्षा, स्वास्थ्य, रोजगारी, व्यवसाय र सुरक्षा जस्ता आधारभूत क्षेत्रमा पछाडि परेको महसुस गरिरहेको छ ।

मुस्लिम समुदायको अधिकार र पहिचानको सुनिश्चितता बिना नेपालको लोकतन्त्र अधुरो रहन्छ । सबै समुदायलाई समान अवसर र सम्मानित जीवनको प्रत्याभूति दिनु मात्रै लोकतन्त्रको मर्म हो । तर हाम्रो मुस्लिम समुदायले अझै पनि पर्याप्त प्रतिनिधित्व, समान अवसर र उचित विकासको पहुँच पाउन सकेको छैन ।

हाम्रो उद्देश्य स्पष्ट छ-मुस्लिम समुदायलाई सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सशक्त बनाउनु । यो लेखमार्फत म मुस्लिम समुदायका प्राथमिक मुद्दा र तिनका समाधानका सम्भाव्य उपायहरूबारे चर्चा गर्नेछु ।

शिक्षामा विशेष प्राथमिकता
शिक्षा प्रत्येक व्यक्तिको जीवन विकासको आधार हो । तर, मुस्लिम समुदायमा शिक्षाको स्थिति अझै कमजोर छ । धेरै मुस्लिम बालबालिकाले विद्यालय जान पाउँदैनन् र जो जान्छन्, उनीहरूमा पनि प्राथमिक तहसम्मको शिक्षामात्रै सीमित रहने गरेको छ ।
यसको मुख्य कारण आर्थिक अवस्था कमजोर हुनु, अभिभावकमा शिक्षा सम्बन्धी चेतनाको अभाव र गाउँमा शिक्षण संस्थाको पहुँच नहुनु हो । धार्मिक शिक्षाका लागि मदरसाहरूले महत्त्वपूर्ण भूमिका खेले पनि, आधुनिक शिक्षाको अभावले समुदायलाई समग्र विकासको बाटोमा अघि बढ्न कठिन बनाइरहेकोले त्यसतर्फ राज्यले सोच्न जरुरी छ ।

यस समस्याको समाधानका लागि राज्यले विद्यालयदेखि विश्वविद्यालयसम्म निःशुल्क शिक्षा प्रदान गर्नुपर्छ । आधुनिक र व्यावसायिक शिक्षालाई मदरसाको धार्मिक शिक्षासँग जोडेर नयाँ पाठ्यक्रम निर्माण गर्नुपर्छ । यसले मुस्लिम बालबालिकालाई शिक्षामा अग्रणी बनाउँदै उनीहरूको भविष्य उज्ज्वल बनाउन सहयोग पुर्‍याउनेछ ।

स्वास्थ्य सेवामा पहुँचको आवश्यकता
स्वास्थ्य मानव अधिकारको मुख्य स्तम्भ हो । तर मुस्लिम समुदाय, विशेषगरी ग्रामीण क्षेत्रमा, स्वास्थ्य सेवाबाट टाढा रहेको छ । महिलाहरू र बच्चाहरूका लागि पर्याप्त स्वास्थ्य सेवाको अभावले समस्यालाई अझ जटिल बनाएको छ ।

गर्भावस्था र शिशु स्वास्थ्यमा सुधार ल्याउन विशेष मातृ स्वास्थ्य कार्यक्रम आवश्यक छ । मुस्लिम समुदायका महिलाहरूलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न महिला स्वास्थ्यकर्मी परिचालन गर्नुपर्छ ।

यसबाहेक, स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य चौकी र अस्पतालको स्थापना गर्नुपर्छ । प्रत्येक मुस्लिम परिवारलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउन जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

रोजगारी र आरक्षणको आवश्यकता
रोजगारी जीवनयापनको आधार हो । तर मुस्लिम समुदायका युवाहरू रोजगारीका अवसरबाट पछि परेका छन् । सरकारी सेवा, निजी क्षेत्र र सुरक्षा निकायमा मुस्लिम युवाहरूको उपस्थितिमा ठूलो कमी छ ।

जनसंख्याको आधारमा मुस्लिम समुदायका लागि आरक्षण नीति लागू गर्नु आवश्यक छ । यो नीति केवल रोजगारीमा सीमित नहुनुपर्छ, सीपमूलक तालिम, स्वरोजगारका कार्यक्रम र उद्यमशीलताका लागि अनुदान योजना पनि समावेश गरिनुपर्छ ।

यसका अतिरिक्त, मुस्लिम महिलाहरूलाई स्वरोजगारका लागि प्रोत्साहित गर्न छुट्टै कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । उनीहरुको आर्थिकदेखि समग्र अवस्था सुधारमा तत्काल राज्यले विशेष योजना अघि सार्न पर्दछ ।

भाषा, धर्म र संस्कृतिको संरक्षण
भाषा र संस्कृति कुनै पनि समुदायको पहिचानको प्रमुख आधार हुन् । मुस्लिम समुदायको भाषा (उर्दू), धर्म र संस्कृतिलाई संरक्षण नगरी उनीहरूको पहिचान बचाउन सकिँदैन । नेपाल सरकारले मुस्लिम संस्कृतिको अध्ययन र अनुसन्धानका लागि विशेष कोष स्थापना गर्नुपर्छ । मुस्लिम समुदायका परम्परागत पर्व र सांस्कृतिक गतिविधिलाई राष्ट्रिय स्तरमा मान्यता दिनुपर्छ ।

भाषा संरक्षणका लागि उर्दू भाषा पाठ्यक्रमलाई विद्यालयहरूमा वैकल्पिक विषयको रूपमा राख्ने व्यवस्था गर्नुपर्छ । यसले समुदायभित्रको आत्मविश्वास बढाउन मद्यत गर्नेछ ।

धार्मिक स्थलहरूको संरक्षण र संवर्द्धन
नेपालका मस्जिद, मजार र मुस्लिम समुदायका अन्य धार्मिक स्थलहरू धार्मिक मात्र नभई सांस्कृतिक महत्त्वका धरोहर हुन् । तर, यी स्थलहरूमा संरक्षणको अभाव देखिएको छ ।

राज्यले यी स्थलहरूको संरक्षणका लागि दीर्घकालीन योजना लागू गर्नुपर्छ । यी धार्मिक स्थलहरूलाई व्यवस्थित बनाउँदै धार्मिक पर्यटनको केन्द्र बनाउन सकिन्छ ।

धार्मिक स्थलहरूको संवर्द्धनले समुदायको धार्मिक र सांस्कृतिक भावना बलियो बनाउने मात्र होइन, आर्थिक विकासका अवसर पनि प्रदान गर्नेछ ।

शिक्षा र चेतना विकासमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग
मुस्लिम समुदायमा शिक्षा र चेतनाको अभाव ठूलो चुनौती हो । यस समस्याको समाधानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ÷संस्थालाई मुस्लिम समुदायमा लक्षित कार्यक्रम सञ्चालन गर्न प्रोत्साहित गर्नुपर्छ ।

महिलाहरूलाई शिक्षित र सशक्त बनाउन विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ । शिक्षित महिलाले परिवार र समुदायको जीवनस्तर सुधार्न योगदान पुर्‍याउँछन् । यसबाहेक, सामुदायिक नेताहरूलाई नेतृत्व विकास तालिम दिएर समुदायको सामाजिक रूपान्तरणलाई सघाउन सकिन्छ ।

मद्रसाहरूको पाठ्यक्रममा सुधार र मद्रसा बोर्ड पुनः गठन
नेपालका मदरसाहरूले धार्मिक शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । तर, पाठ्यक्रममा विविधता र एकरूपता नहुँदा समस्या उत्पन्न भएको छ ।

मद्रसा बोर्ड पुनः गठन गरी आधुनिक शिक्षा र धार्मिक शिक्षाबीचको सन्तुलन कायम गर्नुपर्छ । विज्ञान, गणित र प्रविधि जस्ता विषयहरू मद्रसाको पाठ्यक्रममा समावेश गरेर नयाँ पुस्तालाई सक्षम बनाउन सकिन्छ ।

प्रतिनिधित्वको सुनिश्चितता : समावेशी लोकतन्त्र र समान अवसरको प्रत्याभूति
नेपालको लोकतन्त्रमा सबै समुदायले समान प्रतिनिधित्व पाउनुपर्छ । तर, सरकारी सेवा, प्रशासन र सुरक्षा निकायमा मुस्लिम समुदायको उपस्थितिमा ठूला कमी देखिन्छ । हामीले जनसंख्याको आधारमा सबै क्षेत्रमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने समय आएको छ। यसले समुदायभित्र नेतृत्व विकास गर्न सहयोग पुर्‍याउनेछ ।

समावेशी लोकतन्त्रको मर्म भनेकै सबै समुदायको सहभागिता हो। मुस्लिम समुदायले समान अवसर र अधिकार नपाउँदासम्म नेपाल समृद्धि र समानताको मार्गमा अघि बढ्न सक्दैन ।

राज्यले मुस्लिम समुदायका मुद्दालाई प्राथमिकतामा राख्दै नीतिगत सुधार गर्नुपर्ने आवश्यकता छ। समान अवसरको प्रत्याभूति दिँदा मात्र हामी सुदृढ लोकतन्त्र र समृद्ध नेपाल निर्माण गर्न सक्छौं ।

निश्कर्ष
नेपालको मुस्लिम समुदायले दशकौंसम्म राज्यका सुविधाहरूमा पहुँच पाउन सकेको छैन । आर्थिक असक्षमता, शिक्षा र रोजगारीको अभाव र राजनीतिक प्रतिनिधित्वमा कमीका कारण यो समुदाय अझै पनि पछाडि परेको छ । नेपालको संविधानले सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति दिएको छ। तर, व्यावहारिक रूपमा मुस्लिम समुदायले यी अधिकारहरू पूर्णरूपमा उपभोग गर्न सकेको छैन । यसले समुदायभित्र असमानताको गहिरो महसुस गराएको छ । समुदायलाई सशक्त बनाउन, उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्न र उनीहरूलाई राष्ट्रिय विकासको मुख्य धारमा ल्याउन ठोस नीति, प्रभावकारी योजना र समर्पित क्रियाकलाप आवश्यक छन् ।

मुस्लिम समुदायको समग्र उत्थानका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा, व्यवसाय र सांस्कृतिक संरक्षणमा प्राथमिकता दिन जरुरी छ । आरक्षणको सुनिश्चितता, धार्मिक स्थलहरूको संरक्षण र मद्रसाहरूको सुधारजस्ता कदमहरूले समुदायलाई आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले अगाडि बढाउन मद्दत गर्नेछन् ।

नेपालको लोकतन्त्र सुदृढ बनाउने मार्ग समावेशी विकास हो । मुस्लिम समुदायको समान सहभागिता बिना देशको समृद्धिको परिकल्पना अधुरो रहन्छ । समावेशी लोकतन्त्रको वास्तविकता तब मात्र देखापर्छ, जब मुस्लिम समुदायलाई राष्ट्रिय जीवनका सबै पक्षमा समान अवसर र सम्मान प्रदान गरिन्छ ।

सरकार, नागरिक समाज र समुदाय स्वयंले हातेमालो गरेर मात्र मुस्लिम समुदायको वास्तविक उत्थान सम्भव छ । यो केवल मुस्लिम समुदायको मात्र होइन, नेपालकै प्रगतिका लागि आवश्यक छ। अब यो काम अगाडि बढाउने बेला आएको छ । हामी सबै मिलेर समावेशी, समानतायुक्त र समृद्ध नेपाल निर्माण गर्न दृढ संकल्पित हुनुपर्छ ।

मियाँ साँसद हुन्

प्रतिक्रिया दिनुहोस