काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले नेपालको मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यास प्रवर्द्धनमा ढुंगानाको योगदानको स्मरण गरेका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु।
नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु। दिवंगत मित्र दमननाथ ढुंगानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनुभएका परिवारजनमा गहिरो समवेदना ।’