काठमाडौँ। श्रीलंकाको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायकेको गठबन्धनले बहुमत ल्याउने निश्चित भएको छ ।
बिहीबार भएको निर्वाचनको मतगणना जारी रहँदा यो समाचार तयार पार्दासम्म २२५ सिटमध्ये १३७ स्थानमा गठबन्धनले जित हासिल गरिसकेको छ ।
बहुमतका लागि ११३ सिट आवश्यक पर्छ । गठबन्धनले त्योभन्दा धेरै सिट जितिसकेको छ र अन्य स्थानमा पनि अग्रता लिइरहेको छ ।