२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘असल नियत र कानुनले दिएको अधिकार प्रयोग गर्दा आयोगसँग डराउनु पर्दैन’ : प्रमुख आयुक्त राई

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले असल नियतले कानुनले दिएको अधिकार प्रयोग गर्दा अख्तियारसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । 

उनले अख्तियारको सभा हलमा सम्पन्न दुई दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै विकास निर्माण, सेवा प्रवाह, र सुशासनका लागि तीनै तहका सरकारले आफ्नो जिम्मेवारी मनन गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

प्रमुख आयुक्त राईले पदीय जिम्मेवारी बहन गर्ने सबै अधिकारीहरूले कानुनको परिपालना, खर्चको मितव्ययिता, आर्थिक अनुशासन र सरकारी सम्पत्तिको सदुपयोगलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले तहगत सरकारको कार्य विभाजन थप स्पष्ट बनाउनुपर्ने र जिम्मेवारी पन्छाउने तथा निर्णय नगर्ने पदाधिकारीलाई कारवाहीको व्यवस्था गर्नुपर्ने बताए

उनले रुग्ण आयोजना, बहुवर्षीय श्रोत सुनिश्चित गरेका आयोजना र बजेट अभावका कारण कार्यान्वयनमा नसकिएका आयोजनाहरूको अध्ययन गरेर उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। संघ, प्रदेश र स्थानीय तहमा कार्यबोझका आधारमा कर्मचारी दरबन्दी पुनरावलोकन गरी राष्ट्रिय मापदण्ड अनुसार व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रमुख आयुक्तले जिम्मेवारीपूर्वक काम गर्दा आयोग सधैँ सहयोग गर्न तत्पर रहेको आश्वासन दिए ।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सुशासन कायम राख्न सबै निकायका प्रमुखहरूले निडर भएर निर्णय गर्नुपर्ने बताउँदै, कानुनले दिएको अधिकारलाई पूर्ण रूपमा प्रयोग गरी आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए। उनले थप भने, ‘कहिलेकाहीँ काम गर्ने फस्ने र नगर्नेले केही पनि भोग्नुपर्दैन भन्ने अवस्थाको अन्त्य गर्न जरुरी छ। कुनै निर्णयमा कन्फ्युजन भए पनि आपसी समन्वयमा अघि बढ्न सकिन्छ, तर कामै नगरी पन्छिनु हुँदैन।’

अर्थसचिव डा. राम प्रसाद घिमिरेले पनि बजेट विनियोजनमा मितव्ययिता र यथार्थतामा आधारित हुनुपर्नेमा जोड दिँदै, साना तथा टुक्रे आयोजनामा बजेट विनियोजन गर्दा राज्यकोषमा अनावश्यक दबाब सिर्जना हुनेतर्फ सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस