काठमाडौँ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले जिल्ला अदालत, काठमाडौँ उपस्थित गराएको छ ।
मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद माग्न प्रहरीले अधिकारीलाई अदालत लगेको हो । आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो ।
त्यसबेला अन्य अभियुक्तसँगै म्याद मिलान गर्न अदालतले २ दिन अनुमति दिएको थियो । यसपटक थप १० दिन हिरासतमा राख्न अनुमति मागिने जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले जनाएको छ । यो घटनामा सोमबार पनि दुई जना पक्राउ परेका छन् ।