Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ओलीलक्षित आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रहरी निगरानीमा रहेका रतन कार्कीले मागे माफी 


२० कार्तिक २०८१, मंगलबार


काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित आपत्तिजनक टिप्पणी गरेको भन्दै नेपाल प्रहरीको निगरानीमा रहेका भ्लगर रतन कार्कीले माफी मागेका छन् । 

कार्तिक १४ मा दशरथ रङ्गशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित थिए । उता सोही समयमा जापानमा बस्ने कार्कीले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरेका थिए । 

सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले भनेका थिए, ‘तपाईँहरू फुटबल हेर्दै हुनुहुन्छ म अर्कै चिज हेर्दै छु, आज हामीले मार्न सकिन्छ । बाहिर एउटा ग्रुप बनाएर घेरेर बस्ने हो भने मार्न सकिन्छ, आज गरिएन भने हामी धेरै पछुताइन्छ ।’ 

अहिले भने कार्कीले सो भनाई प्रधानमन्त्रीप्रति वा कुनै राजनीतिकर्मीप्रति लक्षित नभएको स्पष्टीकरण दिएका छन् । उनले मार्छु भन्ने शब्द ‘टङ् स्लिप’ भएको र यसका लागि माफ गरिदिन आग्रह समेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस