काठमाडौँ । अर्घाखाँचीमा आज साँझ भारतीय कार दुर्घटनामा भएको छ।
सन्धिखर्क नगरपालिका-११ ढुंगेदेउरालीस्थित भित्री सडक खण्डमा खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर ५५ एयू ८७९३ नम्बरको भारतीय कार अनियन्त्रित भई बाटोबाट ८ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चक्र बहादुर मल्लका अनुसार एक जनाको अचेत अवस्थामा उद्धार गरिएको छ । कारमा ३ जना सवार रहेको र दुई जना दुर्घटना हुनुभन्दा अघि नै झरेको भन्ने जानकारीमा आएको तर यकिन नभएको डिएसपी मल्लले प्रशासनलाई बताए ।