२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष ‘प्रचण्ड’को जोड

अ+ अ-

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आज आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा उनले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाइ भएको बताए ।

अध्यक्ष दाहालले नेपालको विकास प्राथमिकतामा चीनले गर्दै आएको सहयोगका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गरे । उनले सन् २०१९ मा चीनबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री दाहालले सीमा नाका प्रभावकारी रूपमा सञ्चालन, रेलमार्ग निर्माण प्रक्रिया अघि बढाउने, हवाई सेवा प्रभावकारी बनाउनेलगायत शिक्षा, स्वास्थ्यका विभिन्न क्षेत्रमा चीन सरकारको सहयोग नेपालले चाहेको बताए ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर यहाँ आएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गांगले दुई देशबीचको मित्रता थप विस्तार गर्नुपर्नेमा जोड दिए ।  पहिलो पटक नेपाल भ्रमणमा आएका उनले चीनले अन्य मुलुकसँग सह अस्तित्वमा आधारित सम्बन्ध विकास गर्दै आएकाले सोही अनुसार सरकार र पार्टीहरूबीचको सम्बन्धलाई महत्त्व दिने गरेको उल्लेख गरे ।

भेटवार्तामा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो । चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट सेक्रेटरी छेन्, नेपालस्थित चिनियाँ राजदूत छेन् सोंगलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस