२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रायल पास गरेपछि लाइसेन्स कार्डको आवश्यकता हट्यो, डिजिटल प्रणाली सुरु: प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन नयाँ व्यवस्था सुरु गरिएको जानकारी दिएका छन्। ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने, नागरिक एप मार्फत मोबाइलमा लाइसेन्स उपलब्ध गराइने उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीका अनुसार, सवारी नियम उल्लंघन भएमा ट्राफिक प्रहरीले चिट काट्दा तत्कालै डिजिटल पेमेन्ट गर्न सकिने व्यवस्था पनि लागू हुनेछ। “यस नयाँ व्यवस्थाले लाइसेन्स छपाइको समस्या अन्त्य हुनुका साथै जरिवाना तिर्दा हुने झन्झट पनि हटाएको छ,” ओलीले भनेका छन्।

यो नयाँ प्रणाली भोलिदेखि बागमती प्रदेशको यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा सुरु हुनेछ। प्रधानमन्त्री ओलीले यो व्यवस्थाले सरकारी सेवा छिटो र सरल बनाउन नागरिकलाई सहयोग पुर्‍याउने आशा व्यक्त गरेका छन्। साथै, नागरिक एपमा अन्य सेवा पनि थप्ने तयारी भइरहेको जानकारी दिँदै, कुनै पनि कामको लागि लाइन बस्नुपर्ने समस्याबाट नागरिकहरूलाई मुक्त गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस