२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयको दिवा खाजामा दूधजन्य परिकार राख्न सहजीकरण गर्छु : मुख्यमन्त्री आचार्य

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयको दिवा खाजामा दूधजन्य परिकार राख्न आवश्यक रहेको बताएका छन् । 

अर्घाखाँची दुग्ध उद्योगको सोमवार अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले स्थानीय दूध र दुग्धजन्य पदार्थको खपतका लागि विद्यालय तहको दिवा खाजामा दुग्धजन्य उत्पादनलाई समेट्ने गरी प्रदेश सरकारले सहजीकरण गर्ने बताए ।

‘प्रदेशको समृद्धिको आधार कृषि र पशुपालनलाई लिएका छौँ, जस अन्तरगत दुग्धजन्य उत्पादनको बजारीकरणको लागि पनि सरकारले सहजीकरण गर्छ,’ मुख्यमन्त्री आचार्यले भने ।

उनले विद्यालय तहको दिवा खाजामा दुग्धजन्य उत्पादनका परिकार हप्ताको एक दिन दिने गरी कार्यक्रम बनाउने गरी काम गर्ने बताए । ‘यसको सुरुवात अर्घाखाँचीबाट गरेर प्रदेशका १०९ पालिकामा पुर्‍याउँछौँ,’ उनले भने ।

खुला सिमानाबाट अवैध रूपमा भित्रिने दूध र दुग्धजन्य पदार्थमा कडाइ गरिनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए । पाउडर दूधका लागि नेपालगञ्जमा उद्योग स्थापनाको लागि दुग्ध विकास संस्थानले बनाएको योजना अघि बढाउन संघीय सरकारलाई उनले आग्रह समेत गरे ।

दुग्ध उत्पादक किसानलाई लक्षित गरेर सरकारले प्रतिफलमा आधारित प्रति लिटर २ रुपैयाँ अनुदान दिँदै आएको मुख्यमन्त्री आचार्यले स्मरण गरे ।

अर्घाखाँची दुग्ध उत्पादन तथा बिक्री वितरण सहकारी संस्थाले सञ्चालन गरेको दुग्ध उद्योगमा एक सय ५४ किसान आबद्ध छन् । त्यहाँ दैनिक एक हजार पाँच सयदेखि दुई हजार लिटर दूध संकलन हुँदै आएको छ ।

उद्योगबाट दूधको प्रशोधन र बिक्री वितरण गरिँदै आएको र हाल दूधको बिक्री वितरणमा समस्या परेको सहकारी संस्थाका अध्यक्ष चन्द्रप्रसाद बञ्जाडेले जानकारी दिए । किसानले उत्पादन गर्ने दूधको सहज बजारीकरणमा तीन तहकै सरकारले सहयोग गर्नुपर्ने उनको माग छ ।

विद्यालयको दिवा खाजा कार्यक्रममा दुग्धजन्य पदार्थ अनिवार्य समावेश गर्ने नीति सरकारले लिएको खण्डमा बजारीकरणमा देखिएको समस्या केही हदसम्म समाधान हुने र विद्यार्थीको स्वास्थ्य तथा पोषणमा पनि सुधार आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस