काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली भारतको साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन् । भारत सरकारको आमन्त्रणमा वैशाख १६ गते १० सदस्यीय भ्रमण टोली भारत प्रस्थान गरेको उक्त टोली आज स्वदेश फर्किन लागेको हो ।
लखनउमा मुख्यमन्त्रीको टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटघाट गर्ने कार्यक्रम सकेर स्वदेश फर्किने छन् । टोलीले दिल्लीमा भारतको विदेश राज्यमन्त्री, देहरादुनमा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसहित मन्त्रीहरू लगायतलाई भेटघाट गरी विविध विषयमा छलफल गरेको छ ।
मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीले आइतबार अयोध्यामा राम मन्दिरको दर्शन, अवलोकन गरेको थियो ।