२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृतिले पारस्परिक सम्मान, सहअस्तित्व र  राष्ट्रिय एकतालाई बलियो बनाउँछ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बताएका छन् । 

विजयादशमीका अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले संस्कृतिले पारस्परिक सम्मान, सहअस्तित्व र राष्ट्रिय एकतालाई बलियो बनाउन विजयादशमीले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। मुलुकको गौरव बढाउने मौलिक संस्कृति संवर्द्धन गर्दै उनले जनतालाई सुख, समृद्धि र सामाजिक सद्भाव बढाउन यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई राख्नुपर्ने बताए ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै अध्यक्ष नेपालले  सामाजिक एकता तथा एकापसमा सद्भावको वातावरण तयार गर्न सांस्कृतिक एकताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

उनले समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न समाजमा विद्यमान सबै प्रकारका वर्गीय शोषणका साथै जातीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सामाजिक न्याय तथा समानता कायम गरी राष्ट्रिय निर्माणमा लाग्न सबै नेपालीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस