२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जहाज उडाउँदा-उडाउँदै क्याप्टेनको मृत्यु

अ+ अ-

काठमाडौँ । अमेरिकाको सिएटलबाट टर्कीको इस्तानबुल जाँदै गरेको टर्किस एयरलाइन्सको जहाज उडाइरहेका क्याप्टेनको मृत्यु भएपछि इमर्जेन्सी ल्यान्डिङ गरिएको छ।

मंगलबार राति स्थानीय समयअनुसार एयरबस ए३५०, ७:०२ बजे सिएटलबाट इस्तानबुलका लागि उक्त जहाज उडेको थियो।

जहाज उडाइरहँदा ५९ वर्षीय क्याप्टेन इल्सिहिन पेहलिभान अचानक अचेत भएका थिए। करिब ८ घण्टाको उडानपछि उनी अचेत भएपछि जहाजमै उनलाई होशमा ल्याउने प्रयास गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था द न्यू योर्क टाइम्सले जनाएको छ।

त्यतिबेला जहाज उत्तरी क्यानडाको बाफिन आइल्यान्डको क्षेत्रमा उडान भइरहेको थियो।

जहाजमा पटक-पटक उनलाई होसमा ल्याउने प्रयास गरे पनि उनको ज्यान जोगाउन भने सकिएन।

उनको ज्यान जोगाउन नसकेपछि को(पाइलटले अमेरिकाको जे।एफ।के विमानस्थलमा इमर्जेन्सी ल्यान्डिङ गर्ने निर्णय गरेका थिए।

उक्त जहाजलाई बुधबार बिहान ५स्५७ बजे न्यू योर्कमा इमर्जेन्सी ल्यान्डिङ गराइएको थियो।

क्याप्‍टेन पेहलिभानको के कारणले मृत्यु भएको थियो भन्ने एयरलाइन्सले खुलाएको छैन।

तर एयरलाइन्सले उनको नियमित रूपमा स्वास्थ्य जाँच भइरहेको बताएको छ। मार्चमा गरिएको जाँचमा पनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको टाइम्सको समाचारमा उल्लेख छ।

जहाजमा रहेका यात्रुहरूलाई अर्को फ्लाइटमार्फत इस्तानबुल पठाउने तयारी भएको जनाइएको छ।