काठमाडौँ । नेपाली सेनाले सुनकोशी नदीमा वेली ब्रिज जडान कार्य सुरु गरेको छ ।
आश्विन १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण रामेछापतर्फ रहेको पक्की पुलको आधा भाग बगाई आवागमन पूर्णरुपमा अवरुद्ध भएको हुँदा नागरिकको सहजताको लागि वेली ब्रिज जडान कार्य सुरु गरेको सेनाले जनाएको छ ।

सिन्धुली जिल्लाको गोलन्जोर गा.पा.वडा नं. ७, खुर्कोट र रामेछाप जिल्ला, मन्थली न.पा., वडा नं. ६ जोड्ने बि.पि. राजमार्ग र पुष्पलाल राजमार्ग बीचमा रहेको सुनकोशी नदीको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाई आवागमन पूर्णरुपमा अवरुद्ध भएको थियो ।
आवागमन सुचारु गर्न शनिवारदेखि खट्टिएको प्राविधिक सहितको नेपाली सेनाको टोलीले उक्त स्थानमा आइतबारबाट वेली ब्रिज जडान कार्य सुरु गरेको हो ।
