२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

अ+ अ-

जनकपुरधाम । तीन दिनको अविरल वर्षासँगै गएको बाढीले अहिलेसम्म मधेस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या आठ जना पुगेको छ । बाढीमा बगेका थप दुई जनाको शव भेटिएपछि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको हो ।

साथै एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । साथै बाढीका कारण आठ जना घाइते भएका र उनीहरू सामान्य उपचारपछि घर फर्किएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए । उनका अनुसार महोत्तरीमा दुई जना र सप्तरीमा एक जना, सर्लाहीमा दुई जना, पर्सामा एक जना र रौतहटमा एक बालिकासहित दुई जना गरी आठ जनाको मृत्यु भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका–८ कुरामारीका १६ वर्षीय रोहित साह, महोत्तरीको बर्दिबास नगरपालिका–११ खैरमाराका २१ वर्षीय मानबहादुर थिङ्ग, सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई राजविराज नगरपालिका–८ मा बस्दै आएका आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गा भगवती गाउँपालिका–४ का ३७ वर्षीय राजकुमार मुखिया, रौतहटको पर्रोहा नगरपालिका–७ की १४ वर्षीया आशाकुमारी साह कानु, सर्लाहीको बलरा नगरपालिका–३ लक्ष्मीपुरका महावीर ठाकुरका १२ वर्षीय छोरा अङ्कित ठाकुर, सर्लाही–१ हथियोलका ३७ वर्षीय पवन गिरी तथा पर्साका सखुवाप्रर्सौनी गाउँपालिका–२ का विनोद दासका १७ वर्षीया छोरी राधिकाकुमारीको मृत्यु भएको सो कार्यालयले जनाएको छ ।

यसै गरी सर्लाहीको सोती खोलाले बगाएर बेपत्ता भएका बागमती नगरपालिका–९ सक्रोलका १५ वर्षीय मुकेश महतोको खोजी जारी छ । तराईका आठ वटा जिल्लामध्ये रौतहटमा तीन जना, सिराहामा एक जना र सर्लाहीमा एक जना र बारामा तीन जना घाइते भएको उपचारपछि सामान्य अवस्था रहेको र घर फर्किएका छन् ।

सो कार्यालयका प्रहरी उपरीक्षक बोहोराका अनुसार बाढीका कारण ९६ घरपरिवारका चार सय ८८ जना विस्थापित भएका थिए । बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको थियो । बिस्तारै प्रदेशका जनजीवन सामान्य हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस