२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको हो’ : नेता डा. शेखर

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको बताएका छन् ।

नेपाली काँग्रेस तथा नेविसंघ लमजुङ–काठमाडौँ सम्पर्क समितिले विजयादशमीको ‘शुभकामना आदानप्रदान तथा काँग्रेसको सय दिने अभियान’को शुभारम्भ गर्दै नेता कोइरालाले आर्थिक समृद्धि, सुशासन र राजनीतिक स्थायित्वका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग मिलेर सरकार गठन गरिएको बताए। 

“मुलुकमा सुशासन कायम गर्न, आर्थिक समृद्धि प्राप्तिका लागि हामीले सहकार्य गरेका हौँ । सबै दलसँगको छलफल र सहमतिमा आवश्यकताका आधारमा संविधान संशोधन हुनेछ”, नेता डा. कोइरालाले भने। उनले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रभावकारी कार्यान्वयन गर्न संविधान संशोधन आवश्यक रहेको औँल्याए।

काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले संविधान संशोधन गर्दा सहमतिका आधारमा गर्नुपर्ने धारणा राखे। उनले पार्टीभित्र भागबण्डा हुँदा पार्टी झन् कमजोर बन्दै गएकाले आपसी सहकार्य आवश्यक रहेको उल्लेख गरे।

काँग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीका केन्द्रीय सदस्य वडाबाट लडेर आउने प्रावधान बनाउनुपर्नेमा जोड दिए। उनले पार्टीलाई एकताबद्ध बनाएर लगेमात्र आगामी निर्वाचन जितिने उल्लेख गरे।  नेपाली काँग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङले निरन्तर सरकार परिवर्तन हुँदा मुलुकले आर्थिक प्रगति हासिल गर्न नसक्ने धारणा राखे। 

सम्पर्क समितिका अध्यक्ष प्रदीपराज अधिकारी, काँग्रेस लमजुङका पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, प्रदेशसभा सदस्य टीका बस्याल, काँग्रेस लमजुङ प्रदेशका सभापति रघुनाथ गुरुङ, सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, नेवि संघ सम्पर्क समितिका सभापति डिबी पराजुलीलगायतले लमजुङ काँग्रेसको संगठनलाई बलियो बनाउन सकेमात्र आगामी निर्वाचनमा जित हासिल गर्न सकिने धारणा राखेका थिए।

सोही अवसरमा नेपाल इञ्जिनियर एसोसियसनको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित इञ्जिनियर सुवासचन्द्र बराल र सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन (सिडेन)का अध्यक्ष इञ्जिनियर लक्ष्मण केसीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस