काठमाडौँ । काठमाडौँको थापाथलीस्थित राष्ट्रिय तथ्याङ्क कार्यालयमा बाढी पसेपछि कार्यालयको पहिलो तल्ला जलमग्न भएको छ। बाढीको कारण कार्यालयको महत्त्वपूर्ण कार्यकक्षहरूमा पानी पसेर ठूलो क्षति भएको छ।
कार्यालयको भुईँ तलामा रहेको जिन्सी शाखा, उपप्रमुख तथ्याङ्क अधिकारी हेमराज रेग्मी र शरद शर्माको कार्यकक्ष, साथै पुस्तकालयलगायतका सबै ठाउँहरूमा घुँडासम्म पानी जम्मा भएको छ। यसले गर्दा कार्यालयमा रहेका महत्त्वपूर्ण कागजात, तथ्याङ्क अभिलेख, उपकरण, र पुस्तकहरूमा ठूलो क्षति पुगेको छ।