२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरपालिकाले डेंगी नियन्त्रणका कार्यक्रमलाई थप सक्रिय बनाउँदै 

अ+ अ-

काठमाडौँ । डेंगी रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ ।

मंगलबार  प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा साझेदार अधिकारीहरूसँग बसेको बैठकले व्यक्तिको घरमा भन्दा सार्वजनिक निकायका भवन कम्पाउण्ड बढी जोखिममा रहेको बताउँदै तालिकाबद्ध सफाइको संस्कृति चलाउनु पर्ने खाँचो देखाइएका हुन् ।  बैठकमा कम्तीमा ४ हप्ता डेंगी नियन्त्रणका कार्यक्रममा थप सक्रिय हुनु पर्ने, डेंगीबाट बच्न हरेक व्यक्ति सचेत र सावधान हुनुपर्ने  निष्कर्ष निकालियो ।  

बैठकमा डेंगी संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय राखी नरहन सचेतनामूलक कार्यक्रम सञ्चालन हुने बताए । 

महामारी रोग नियन्त्रणका लागि महानगरपालिकाको एक्लो प्रयासले मात्र रोकथाम हुन नसक्ने भएको जनाउँदै प्रशासन विभागका प्रमुख यसैगरी नमराज ढकालले, पानी जम्न नदिनु नै सम्भावित जोखिम घटाउने उपाय भएकोले यसमा व्यक्ति व्यक्तिको भूमिका महत्त्वपूर्ण हुने बताए। 

सार्वजनिक निकायले कार्यक्रमको नेतृत्व गर्ने र सर्वसाधारणले यो कार्यक्रम आफ्नै सुरक्षाका लागि हो भनेर ग्रहण गर्ने वातावरण सिर्जना गर्नमा जोड दिँदै स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले भने ‘संक्रमण हुन्छ कि भनेर डर राख्नु र सावधानी अपनाउनु पर्छ, संक्रमण भइ हाल्यो भने चाहिँ आत्तिनु वा डराउनु हुँदैन । आत्मविश्वासले रोगसँग लड्न सघाउ हुन्छ ।’

सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यकर्मीहरू, वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघ संस्था र क्लबका प्रतिनिधि, नगर प्रहरी, कर्मचारीलाई लार्भा नष्ट गर्ने अभियानमा सहभागी गराउने योजना बनाएको छ । बैठकमा स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. ले भने ‘प्रवर्द्धनात्मक कार्यक्रममार्फत तथ्य र सूचना प्रवाह हुनेछ ।’

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा, भेक्टर डिजिज शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार सीतापाइला, कालीमाटी, कोटेश्वरलगायत क्षेत्रमा डेंगीका बिरामी बढेका छन् । उनले भने ‘१० जना सक्रिय बिरामी भेटिएका ठाउँमा कम्तीमा १ सय जना निष्क्रिय बिरामी हुन सक्छन् । यस कारण महामारी नियन्त्रणका प्रभावकारी चाहिएको हो ।’ 

बर्षायाममा साउन, भाद्र, असोज र कार्त्तिक महिनासम्म यस रोगको संक्रमण दर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा महानगरले, डेंगी रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिन्छ । 

डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको छ । 

एडिस जातको संक्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्कने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेंगी रोग लाग्छ । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, वाक–वाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिन सक्छ ।

प्रतिक्रिया दिनुहोस