काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस सहित रिक्त संवैधानिक पदमा सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक विना निर्णय सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो ।
संवैधानिक परिषद् बैठकमा प्रधान न्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीशहरूको नाममाथि छलफल भएको बताइएको छ । पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंहको नाममाथि छलफल बढी केन्द्रीत बनेको छ ।
संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने देखिएको भन्दै शुक्रबार विना निष्कर्ष बैठक सकिएको छ। अर्को बैठक ३१ भदौमा बस्ने सहमति भएको छ ।