मेटमणि चौधरीले दिए स्पष्टीकरण  « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मेटमणि चौधरीले दिए स्पष्टीकरण 


२८ भाद्र २०८१, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले केही दिन पहिला आफूले एक टेलिभिजनमा चुच्चे नक्साका सन्दर्भमा गरेको टिप्पणीलाई केही सेकेन्डको भिडियोलाई मात्र काटेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरिएको भन्दै स्पष्टीकरण दिएका छन् । 

शुक्रवार विज्ञप्ति जारी गर्दै चौधरीले आफूले बोलेको विषयलाई जबरजस्ती विवादित बनाउन खोजिएको आरोप समेत लगाएका छन् । 

‘कार्यक्रममा चुच्चे नक्साको सन्दर्भ उठेपछि मैले महाकाली सन्धिका नाममा नेपालको महाकाली नदीलाई दुवै देशले पानी, लगानी, उत्पादन र उपभोगमा आधा आधाको सिद्धान्त उल्लेख गरेको कारणले भारतले महाकाली नदी र महाकाली नदीको नक्कली मुहानको पश्चिम उत्तरमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी दाबी गरेको र दाबी पुगिरहेको कुरा भारतले गरिरहेको छ भनेको हो’, चौधरीको स्पष्टीकरणमा भनिएको छ । साथै उनले गलत महाकाली सन्धिका कारण भारतले दाबी गरेको र सो सन्धि नै सच्चाउनुपर्ने आफ्नो भनाइ रहेको बताएका छन् । 

पाँच बुँदे स्पष्टीकरणमा चौधरीले मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता र पार्टी जीवनको विषयमा गम्भीर र संवेदनशील रहेको भन्दै मुलुकको भौगोलिक अखण्डता,स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिबद्ध रहेको समेत जनाएका छन् ।

चौधरीलाई सोही अभिव्यक्तिका कारण पार्टीले बिहीबारमात्र तीन दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस