काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ १८ः३० बजेका लागि बोलाएको बैठक केही बेर ढिला गरी शुरु भएको हो ।
आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूबारे छलफल तथा निर्णयसँगै केही प्रशासनिक निर्णयहरू हुन सक्ने प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतले जानकारी दिएको छ ।
ती स्रोतका अनुसार आजको बैठकले ठूलो संख्यामा सहसचिवहरूको सरुवा गर्दै छ । संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूलाई विभिन्न निकायमा फेरबदल गर्न लागिएको हो ।