सहकारीको पैसा पचाउन नक्कली डिभोर्स गरेको भन्दै धनराज गुरुङमाथि रविले उठाए प्रश्न « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सहकारीको पैसा पचाउन नक्कली डिभोर्स गरेको भन्दै धनराज गुरुङमाथि रविले उठाए प्रश्न


२५ भाद्र २०८१, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली काँग्रेस नेता धनराज गुरुङले सहकारीको रकम पचाउन नक्कली डिभोर्स गरेको आरोप लगाएका छन् । 

काँग्रेस महामन्त्री गगन थापाले संसदमा लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रमाण आफूसँग भएको बताएपछि त्यसको विरुद्धमा लामिछानेले उनीहरू नक्कली अनुहार भएको टिप्पणी गरेका हुन् ।

‘कति सजिलै सदनमा उभिएर प्रमाण छ भन्नुभएको छ । प्रमाण के हो भन्ने देखियो । नक्कली भुटानी पनि तपाईँ नै हो । नक्कली डिभोर्स गरेर सहकारी ठग्ने पनि तपाईँ नै हो । यी नक्कली मान्छेहरू हुन्,’ उनले भने, ‘सहकारीको पैसा पचाउन नक्कली डिभोर्स गर्ने, नक्कली नागरिक बनाएर विदेशमा बेच्ने नक्कली मान्छेहरू हुन् । राजनीतिका नक्कली अनुहारहरू हुन् । तिनको मुकुण्डो हामी उतार्छौँ ।’

लामिछानेले आफूलाई अनुसन्धानका लागि कुनै समिति आवश्यक नपर्ने बताए । ‘मलाई अनुसन्धान गर्न कुनै समिति चाहिँदैन । मैले आजसम्म कुनै प्रमाण भेटाएको छैन । राजनीति छोड्छु प्रमाण दिनुहोस् भनेकै छु,’ गगन लक्षित गर्दै उनले भने, ‘तपाईँले राजनीति छोड्नुपर्दैन । राजनीतिबाट गलहत्त्याउने काम हामी चुनावबाट गर्छौँ ।’ 

नेपालको राजनीतिमा ठगेका मान्छे बच्ने र संलग्नतै नभएको मान्छे फस्ने अवस्था रहेको उनको तर्क छ ।  

पोखरामा नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले गत निर्वाचनबाट ‘व्यालेट’ युद्धको निम्ता दिएको भन्दै  २०८४ मा युद्ध लड्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस