बिपीबारे अझै धेरै खोज, अनुसन्धान हुन जरुरी छ :  देउवा « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बिपीबारे अझै धेरै खोज, अनुसन्धान हुन जरुरी छ :  देउवा


२५ भाद्र २०८१, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महामानव बिपी कोइरालाको सन्दर्भमा अहिले पनि व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याएका छन्। 

बिपी कोइरालाको एक सय ११औँ जन्म जयन्तीका अवसरमा पेसागत तथा बुद्धिजीवी विभाग, नेपाली काँग्रेसले आज आयोजना गरेको ‘बिपीको समाजवाद: आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री देउवाले बिपी कोइरालाले कुनै समयमा बोलेको विषय समयानुकूल परिवर्तन हुँदै जाने बताउँदै बिपीका बारेमा समय अनुसार खोज र अनुसन्धान गरी त्यसलाई विश्वसामु पुर्‍याउनुपर्ने बताए ।

बिपी कोइरालाले छोडेको प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक समाजवादलगायत विषयलाई आत्मसात् गर्दै अबका युवा पुस्ताहरू अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । सभापति देउवाले भने, “समाजवाद मात्र होइन, प्रजातन्त्रसहितको समाजवाद हो, जसमा मानवीय मूल्य, मान्यता, मानव अधिकार सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।” प्रजातन्त्रविहीन समाजवाद हुन नसक्ने उनको भनाइ थियो । 

“कतिपय कुराहरू समय अनुसार परिवर्तन पनि हुन्छ, उति बेला बिपी कोइरालाले गाई पाल्ने कुरा गर्नुभएको थियो, उति बेला बाटो थिएन, तर अहिले गाउँका घरघरमा बाटो पुगेको छ, बिजुली पुगेको छ, बत्ती पुगेको छ, त्यसैले आजको दिनमा गाई पाल्नेभन्दा पनि डेरीबाट दूध वितरण गर्न सकिन्छ, डेरीबाटै घिउ उपलब्ध गराउन सकिन्छ”, उनले भने

बिपी कोइराला हरेक विषयको ज्ञाता भएको बताउँदै उनले राजनीतिसँगै बिपीले नेपाली साहित्यको क्षेत्रमा समेत अतुलनीय योगदान पुर्‍याएको टिप्पणी गरे । “बिपी कोइराला साहित्यमा पनि उत्तिकै दक्खल भएको व्यक्ति हो, नेपालमा उनी जत्तिको साहित्यकार विरलै पाइन्छ,  राजनीतिमा त पूरै दक्खल भएको व्यक्ति हो, त्यस कारणले मैले उनलाई सानो देशको ठूलो नेता भनेको हो ।”

काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै काँग्रेस पार्टीले बिपीको विचारलाई पछ्याउँदै अगाडि बढ्नुपर्ने बताए। उनले भने, “बिपीको समाजवाद भनेको व्यक्तिको स्वतन्त्रता हो, उहाँ चिन्तक मात्रै होइन, पार्टीको नेता पनि हुनुहुन्थ्यो, बिपीबाट नयाँ पुस्ताले अझ बढी  सिक्नुपर्छ, युवाले बिपीबारे अध्ययन गर्नुपर्ने छ ।” महामन्त्री थापाले आजको सन्दर्भमा स्वदेशमै रोजगारी सिर्जना गरी लाखौँ युवालाई रोजगारी दिँदा मात्रै बिपीको सान्दर्भिकता झल्किने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस