प्रधान सेनापति सिग्देलद्वारा सम्मान तथा पुरस्कार वितरण  « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधान सेनापति सिग्देलद्वारा सम्मान तथा पुरस्कार वितरण 


२५ भाद्र २०८१, मंगलबार


काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले द्वन्द्वको समयमा घाइते भएका अवकाश प्राप्त सैनिकहरूलाई सम्मान  तथा पुरस्कार  गरेका छन् । मंगलवार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उनले एक जनालाई चारपाङ्‍ग्रे स्कुटर र ३४ जनालाई जनही रु.१ लाख ४० हजारका दरले आर्थिक सहायता प्रदान गरेका हुन् ।

सोही अवसरमा प्रधान सेनापतिले डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका वडा नं.४ स्थित तिप्लामष्ट भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणको क्रममा वीरगति प्राप्त गरेका जमदार केशव जार्गा मगर, सिपाही हेमन्त रावत र सिपाही आशिक बुढाको परिवारलाई जनही रु.१ लाख ४० हजारका दरले आर्थिक सहयोग सहित सम्मान गरेका थिए । 

गिनिज वल्ड रेकर्डमा विभिन्न पाँच वटा विधामा विश्व कीर्तिमान राखी नेपाल र नेपाली सेनाको गरिमा उच्च राख्न सफल भएका नेपाली सेनाका प्युठ हरिचन्द्र गिरीलाई प्रधान सेनापतिले रु.१ लाख ५० हजार नगद पुरस्कार सहित सम्मान गरेका छन् ।

यस्तै कार्यक्रममा प्रधान सेनापति सिग्देलले विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा आईष्मा आचार्यलाई प्रशंसा पत्र र नगद रु. ५१ हजारसहित सम्मान पनि गरेका थिए । छात्रा आचार्यले २०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउनुका साथै राष्ट्रिय स्तरको खेलकुद (एथलेटिक्स विधा) मा विभिन्न समयमा २ स्वर्ण, १ रजत र १ कांस्य पदक हासिल गर्न सफल भएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस