२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि सामग्री कम्पनीमा जनशक्ति अभावले सेवा प्रवाह प्रभावित

अ+ अ-

काठमाडौँ । कृषि प्रधान मुलुक नेपालमा कृषि सामग्री कम्पनी लिमिटेडमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको छ। किसानहरूले समयमै मल, बिउ, र कृषि उपकरण प्राप्त गर्न नसक्दा खेतीपातीमा असर परेको गुनासो गरिरहेका छन्। केन्द्रदेखि जिल्लासम्मका कार्यालयमा जनशक्ति अभावको समस्या समान रूपमा देखिएको छ।

तनहुँको व्यास नगरपालिका–३ स्थित कृषि सामग्री कम्पनीको कार्यालयमा शाखा प्रबन्धक दिनेश शर्माले एक्लै कार्यालय सञ्चालन गर्दै आएका छन्। यो कार्यालयले तनहुँ, लमजुङ, र गोरखाका किसानलाई मलखाद वितरण गर्दै आएको भए पनि चार दरबन्दी रिक्त रहेको कारण सेवा प्रवाहमा चुनौती थपिएको छ। शर्माका अनुसार दुईजना श्रेणीविहीन कर्मचारीहरू मात्र कार्यालयमा कार्यरत छन्, जसका कारण सेवा अवरुद्ध हुने गरेको छ।

शाखा प्रबन्धक शर्माले भने, “विसं २०७६ पछि विज्ञापन रोकिएको कारण नयाँ कर्मचारी आउन सकेका छैनन्। साथै, अवकाशमा जाने कर्मचारीहरूका कारण कार्यालय लगभग रित्तो हुने अवस्था छ।” तनहुँको कार्यालयमा मात्र नभई केन्द्रमा समेत जनशक्ति अभाव रहेको र हाल ३१७ दरबन्दीमध्ये १०० जना मात्र कर्मचारी कार्यरत रहेको जानकारी प्रधान कार्यालयका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायले दिए।

विज्ञापनमा विवाद देखिएको कारण अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेकाले थप जनशक्ति नियुक्तिको प्रक्रिया अवरुद्ध भएको हो। कर्मचारी व्यवस्थापनको समस्या समाधानका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी पनि उपाध्यायले दिएका छन्।

कर्मचारी अभावले गर्दा सेवा प्रवाहमा देखिएको समस्या समाधानका लागि सरकारले तत्काल कदम नचाले किसानहरूले झनै ठूलो समस्याको सामना गर्नुपर्ने देखिन्छ।